सुदूर नेपाललाई विश्वसँग जोड्दै

अम्बिकेश्वरी यातायात प्रालिको शाखा धनगढीमा

२०७७ असोज २६, ०७:४३ खबर संवाददाता

धनगढी: नेपालगञ्जमा केन्द्रिय कार्यालय रहेको अम्बिकेश्वरी मल्टि यातायात प्रालिको शाखा कार्यालय धनगढीमा खुलेको छ। शाखाबाट भारतका विभिन्न शहरमा चल्ने सवारी साधनको टिकट काट्न सकिने सुविधा रहेको प्रालिले जनाएको छ।

भारतका विभिन्न सहरमा जाने नेपालीले धनगढीमै भारतीय बसको टिकट काट्न सक्ने सुविधा उपलब्ध गराउन थालेको अम्बिकेश्वरी मल्टि यातायात प्रालिका अध्यक्ष भद्रबहादुर ओलीले बताए। यसबाट सुदूरपश्चिमको विभिन्न जिल्लाबाट भारतमा जाने नागरिकहरुलाई सहज हुने उनले बताए। धनगढी उपमहानगरपालिका–२, मिलन चोकमा स्थापना गरिएको कार्यालयको आइतबार उद्घाटन गरिएको छ।

अम्बिकेश्वरी मल्टी यातायात प्रालिले धनगढी गौरीफण्टा हुँदै भारतको चण्डिगढ, लुधियाना, जालन्धर, अमृतसरसम्म जानेहरुलाई सेवा दिने जनाएको छ। धनगढीमै टिकटको व्यवस्था गर्ने र नाकाबाट आफ्नै बसमा यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउने सेवा प्रालिले दिने प्रालिका अध्यक्ष ओलीले बताए।

कमेन्ट लोड गर्नुस