सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आज थपिए ७४ कोरोना संक्रमित

२०७७ असोज २६, ०७:१६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा आज थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ६ वटा प्रयोगशालामा गरिएको परीक्षण थप ७४ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ९७ जनाको कोरोना परीक्षण गरिएकोमा कैलालीका ३७ सहित ५० जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का ६/६ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का ५ जना र वडा नम्बर ८ का ३ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

यस्तै ३, ७, १२ र १३ का एकरएक जना र ठेगाना नखुलेका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै कैलालीकै गौरीगंगा नगरपालिकाका ४ जना, कैलारी गाउँपालिका–२ का एक जना, गोदावरी नगरपालिकाका एक जना र लम्किचुहा नगरपालिकाका एक जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

यसैगरी कञ्चनपुरको महाकाली नगरपालिकाका ४ जना, पुर्नरवास नगरपालिका र बेल्डाँडी गाउँपालिका–१ का दुई/दुई जना, त्यस्तै बेदकोद नगरपालिका, बेलौरी नगरपालिका र भीमदत्त नगरपालिकाका एकरएक जनामा भाइरसको संक्रमण पुष्टि भएको छ।

दार्चुलाका दुई जनामा पनि कोरोना पुष्टि भएको प्रादेशिक अस्पतालले जनाएको छ। उता डडेल्धुरामा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी र डडेल्धुराका गरी ९ जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले बैतडीको पाटन नगरपालिकाका ७  र डडेल्धुराको परशुराम नगरपालिका–५ का २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६७ जनाको परीक्षण गरिएको थियो।

जिल्ला अस्पताल बैतडी प्रयोगशालामा १० जना, जिल्ला अस्पताल बझाङ प्रयोगशालामा दुई जना, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा दुई जना र डोटी अस्पताल प्रयोगशालामा थप एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ६ वटा प्रयोगशाला मार्फत पाँच सय ८६ जनाको परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।

यो सँगै सदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार तीन सय  ४१ पुगेको छ। संक्रमण पुष्टि भएका ६ हजार आठ सय ८४ जनाले कोरोना जितेका छन् भने २४ जना संक्रमितको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस