धनगढीका थप ३० जनामा कोरोना पुष्टि, कुनकुन वडाका हुन संक्रमित ?

धनगढीः धनगढीका थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ;साेमबार थप ३० जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का ६/६ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का ५ जना र वडा नम्बर ८ का ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
यस्तै ३, ७, १२ र १३ का एक/एक जना र ठेगाना नखुलेका एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।
योसँगै धनगढीमा संक्रमितको संख्या ९ सय ७९ पुगेको छ।

