सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीमा ट्राफिक प्रहरी पोष्ट स्थापना

२०७७ असोज २६, ०३:४३ खबर संवाददाता

धनगढी: कैलालीको पुरानो सदरमुकाम भजनीमा आजबाट स्थायी रुपमा ट्राफिक प्रहरी रहने भएको छ। यसअघि बेलाबेलामा मात्रै ट्राफिक प्रहरी खटाइने गरेको भजनीमा आजबाट भने दुईजना स्थायी रुपमै ट्राफिक प्रहरी रहने व्यवस्था भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय सुदुरपश्चिम प्रदेशका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम र भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले संयुक्त रुपमा आइतबार भजनीमा अस्थायी ट्राफिक प्रहरी पोष्टको उद्घाटन गरेका छन्। 

भजनी नगरपालिकाको लगानीमा निर्माण सम्पन्न भएको अस्थायी ट्राफिक प्रहरी पोष्टबाट अबदेखि सेवा सुुरु गरिने प्रहरी उपरीक्षक गौतमले बताए। उनले चाडबाडको बेला मात्रै रहने ट्राफिक प्रहरी अबदेखि २४सै घण्टा भजनी क्षेत्रमा रहने बताए। 

भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले ट्राफिक प्रहरी नहुँदा सवारीसाधन व्यवस्थापनमा निकै समस्या हुने गरेको बताए। उनले ट्राफिक प्रहरीको उपस्थितीपछि हेलमेट नलगाउने, तोकेको संख्या भन्दा बढी सवारी बोक्ने, मापसे गरेर सवारीसाधन चलाउने लगायतका समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे।
 

कमेन्ट लोड गर्नुस