सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा प्रयोगशालाको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि, कुनकुन जिल्लाका ?

२०७७ असोज २६, ११:०४ खबर संवाददाता

धनगढीः डडेल्धुरामा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी र डडेल्धुराका गरी ९ जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले बैतडीको पाटन नगरपालिकाका ७  र डडेल्धुराको परशुराम नगरपालिका–५ का २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६७ जनाको परीक्षण गरिएको थियो। 

कमेन्ट लोड गर्नुस