सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ११६३ सक्रिय संक्रमित, कैलालीमा मात्र ६१६

२०७७ असोज २६, ०८:३० खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा कोरोनाका संक्रिय संक्रमितको संख्या ११ सय नाघेको छ।

प्रदेशका ९ वटै जिल्लामा एक हजार एक सय ६३ संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार कैलालीमा आधा भन्दा बढि संक्रिय संक्रमित रहेका छन्। कैलालीमा ६ सय १६ सक्रिय संक्रमित छन्।

कञ्चनपुरका एक सय २६, डोटीमा एक सय २५, बझाङमा एक सय १४, दार्चुलामा ७६, अछाममा ५३, बैतडीमा ३४ र डडेल्धुरामा १६ जना संक्रिय संक्रमित रहेका छन्।

सुदूरपश्चिमका आठ हजार दुई सय ६७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएकोमा ६ हजार आठ सय ८४ जना संक्रमण मुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ। 
 

कमेन्ट लोड गर्नुस