सुदूर नेपाललाई विश्वसँग जोड्दै

बारी जोत्ने क्रममा गोरुले आक्रमण गर्दा एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ असोज २६, ०७:१६ रासस

गोरुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन्। सल्यानको शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको हो। बारी जोत्ने क्रममा शुक्रबार रावतलाई आक्रमण गरी गम्भिर घाइते बनाएकामा उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक रावतको पेटमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए। गोरुको आक्रमणबाट घाइते भएकी ५० वर्षीय गाजली रावतको सल्यान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस