सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आईतबार थपिए ९५ संक्रमित

२०७७ असोज २५, ०७:०२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा आज थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका पाँच वटा प्रयोगशालामा गरिएको परीक्षण कैलालीका ६१ सहित ९५ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६२ जनाको कोरोना परीक्षण गरिएकोमा ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमकार श्रेष्ठले कैलाली, कञ्चनपुर र बैतडीका गरी ७७ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको धनगढी उप–महानगरपालिकाका ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उप–महानगरपालिकाको वडा नम्बर १ का १२ जना, वडा नम्बर ९ का ५ जना र वडा नम्बर २, ३ र ४ का ३/३ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

यस्तै वडा नम्बर ५, ६, १५ र १६ का एक/एक जना, त्यसैगरी वडा नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै कैलालीकै लम्किचुहा नगरपालिकाका १० जना, टीकापुर नगरपालिकाका १० जना, गौरीगंगा नगरपालिका–१ का ४ जना, गोदावरी नगरपालिकाका ३ जना र भजनी नगरपालिका–५ का २ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, पुर्नरवास नगरपालिका र भीमदत्त नगरपालिकाका ४÷४ जनामा भाइरसको संक्रमण देखिएको छ। त्यस्तै बैतडी सुर्नया गाउँपालिका–१ का एक जनामा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

उता  डडेल्धुरामा गरिएको परीक्षणमा थप १० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी र डोटीका गरी १० जनामा संक्रमण पुष्टि भएको हो। प्रयोशगालाका ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ का दुई जना र डोटीको जोरायल गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३४ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो। डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ। एक सय ४ जनाको कोरोना परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुष र एक महिला गरी २ जना र अछामको मंगलसेन नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण भेटिएको बताए।

यस्तै जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ४ र अछामको कमलबजार नगरपालिकाले सञ्चालन गरेको प्रयोशगालामा एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार दुई सय  ६७ पुगेको छ। संक्रमण पुष्टि भएका ६ हजार ७ सय ५६ जनाले कोरोना जितेका छन् भने २४ जना संक्रमितको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस