सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा काठ चोरी मुद्धामा फरार प्रतिवादी पक्राउ

२०७७ असोज २५, ०६:१७ खबर संवाददाता

धनगढी : कञ्चनपुुर प्रहरीले काठ चोरी मुद्धामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्लाको भिमदत्त नगरपालिका–४ सालघारीबाट दुईलाख बराबरको काठ चोरी मुद्धामा संलग्न राज बहादुर चौधरी ९ वर्षपछि पक्राउ परेका हुन्।

आइतबार उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। उनलाई कैद भुक्तानका लागि जिल्ला अदालतमा दाखिला गरिएको डिएसपी क्षेत्रीले बताए। 

कमेन्ट लोड गर्नुस