सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कैलाली अस्पतालका सञ्चालक जोशीलाई कोरोना पुष्टि

२०७७ असोज २५, ०५:२५ खबर संवाददाता

धनगढीः धनगढीको कैलाली अस्पतालका सञ्चालन जनकराज जोशीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

उनले गत शुक्रबार थ्रोट स्वाबको नमूना परीक्षणका लागि दिएका थिए। आइतबार आफ्नो रिपोर्ट पोजेटिभ आएको जोशीले सञ्जालमार्फत सार्वजनिक गरेका छन्। रुघाखोकी देखिएपछि कोरोना परीक्षण गरेको उनले बताए। 

साथै जोशीले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न समेत आग्रह गरेका छन्। उनी होम आइसोलेसनमा छन्। जोशीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। 

कमेन्ट लोड गर्नुस