लागुऔषधसहित धनगढीबाट २ जना पक्राउ
धनगढी: लागुऔषध ब्राउन सुगरसहित कैलालीको धनगढी उपमहानगरपालिकाबाट दुई जना पक्राउ परेका छन्। धनगढीको वडा नम्बर ३ चटकपुरबाट धनगढी उपमहानगरपालिका १३ का २७ वर्षीय शुशिल चौधरी र सोही ठाउँका २६ वर्षीय बाल गोविन्द रानालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार चौधरीको साथबाट १ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर, मोबाईल एक थान र नगद ३ हजार ९ सय ४५ बरामद गरिएको छ। त्यस्तै उनकै साथमा रहेका रानाबाट १ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र मोबाईल एक थान बरामद गरिएको डिएसपी विष्टले बताए।
पक्राउ परेका दुवैविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

