सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ६१ सहित सुदूरपश्चिमका थप ७७ जनामा कोरोना पुष्टि

२०७७ असोज २५, ०४:०८ खबर संवाददाता

धनगढीः कैलालीका ६१ सहित सुदूरपश्चिमका थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलाली, कञ्चनपुर र बैतडीका गरी ७७ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उपमहानगरपालिकाको वडा नम्बर १ का १२ जना, वडा नम्बर ९ का ५ जना र वडा नम्बर २, ३ र ४ का ३/३ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

यस्तै वडा नम्बर ५, ६, १५ र १६ का एक/एक जना, त्यसैगरी वडा नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै कैलालीकै लम्किचुहा नगरपालिकाका १० जना, टीकापुर नगरपालिकाका १० जना, गौरीगंगा नगरपालिका–१ का ४ जना, गोदावरी नगरपालिकाका ३ जना र भजनी नगरपालिका–५ का २ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, पुर्नरवास नगरपालिका र भीमदत्त नगरपालिकाका ४/४ जनामा भाइरसको संक्रमण देखिएको छ। 

त्यस्तै बैतडी सुर्नया गाउँपालिका–१ का एक जनामा पनि कोरोना पुष्टि भएको बताइएको छ।    

पछिल्लो २४ घण्टामा ४६२ जनाको कोरोना परीक्षण गरिएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस