गण्डकीमा ६२ जना कोरोना सङ्क्रमित थपिए

२०७७ असोज २५, ०१:५२
गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन्।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। थपिनेमा बाग्लुङका ३६, कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन्।
सबै सङ्क्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ।


कमेन्ट लोड गर्नुस