सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा कांग्रेसका वडा सभापतिको भीरबाट लडेर मृत्यु

२०७७ असोज २४, ०६:४७ खबर संवाददाता

धनगढी: डडेल्धुरामा कांग्रेसका वडा सभापतिको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ का सभापति ४० वर्षीय लोकेन्द्र खड्काको शनिबार साझ मृत्यु भएको हो। 

साँझ ५ बजेतिर खानेपानीको पाइप बनाउदै गर्दा उनी भीरबाट लडेको र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै खड्काको मृत्यु भएको त्यहाका स्थानीय तथा नेविसंघका जिल्ला सदस्य करन बोहराले बताए। ‘अहिले प्रहरी आएर मुचुल्का उठाउने कार्य गर्दैछ, शवको पोस्टमार्टम समेत हुनेछ’ उनले भने।

 

कमेन्ट लोड गर्नुस