सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैपटक आकाशबाट कसरी खसे १५ सयभन्दा बढी चरा ?

२०७७ असोज २४, ०३:५४ खबर संवाददाता

अचानक आकाशबाट १५ सय भन्दा बढी चराहरु खसेको घटना सार्वजनिक भएको छ। तीमध्ये धेरैको मृत्यु भएको थियो। घटना हो अमेरिकाको फिलाडेल्फिया शहरको।  

गत शुक्रवार १५ सयभन्दा बढी चराहरू आकाशबाट अचानक खसेको फिलाडेल्फियामा वन्यजन्तु सम्बन्धी काम गर्ने स्टिफन म्यासिवेव्स्कीले बताए। ‘के भएको हो, हामीले थाहा पाएनौं। यो निश्चित रूपमा विनाशकारी घटना हो’ उनले भने।

 यस्तै घटना सन् १९४८ मा पनि भएको बताइन्छ। 

यी चराहरू विभिन्न स्थानमा जाँदै गर्दा अग्ला भवनमा ठोकिएर खसेको बताइएको छ। घटना हुँदा उक्त क्षेत्रमा तापक्रम अचानक घटेको बताइएको छ। -ऐजेन्सीको सहयोगमा 

कमेन्ट लोड गर्नुस