सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

२०७७ असोज २३, ११:११ खबर संवाददाता

धनगढीः डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आज संक्रमण पुष्टि हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना, डडेल्धुरा अस्पतालका एक जना, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २ जना, बैतडीको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका एकएक जना रहेको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३६  जनाको परीक्षण गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस