भारतीय कामदार ल्याउन पाउनुपर्ने माग राख्दै मन्त्री भट्टलाई ज्ञापनपत्र
धनगढी: उद्योग वाणिज्य संघ कैलालीले स्वास्थ्य मापदण्ड अपनाएर भारतीय कामदार भित्रिन दिन माग गरेको छ। मंगरबार राति उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई संघले भारतीय कामदार भित्र्याउन पाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो।
कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएसँगै भारतीय कामदार स्वदेश फर्किएकाले व्यवसाय गर्न कठिन भएको उद्योग वाणिज्य संघ कैलालीले जनाएको छ।
धेरैजसो दक्ष कामदार भारतमै भएकाले चाडपर्वका बेला काम ठप्प हुँदा नोक्सान भइरहेको संघका अध्यक्ष पुष्प राज कुँवरको भनाई छ।