सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मंगलवार थपिए १४ जना कोरोना संक्रमित

२०७७ असोज २०, ०३:२७ खबर संवाददाता

धनगढी– धनगढीमा मंगलवार १४ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १४ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ र ३ का पाँच÷पाँच जना, वडा नम्वर ८ का दुई जना, वडा नम्वर ५ र १६ का एक÷एक जनामा संक्रमण पुष्टि भएको हो। 

योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या ८ सय नाघेको छ। धनगढीमा संक्रमितको संख्या ८ सय १२ पुगेको हो। एक सय ९९ महिला र तीन सय ९९ पुरुष गरी पाँच सय ९८ जना कोरोना मुक्त भएका छन्।

संक्रिय संक्रमित मध्ये ९० प्रतिशतको बाह्य ट्राभल हिस्ट्री नरहेको समेत धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

धनगढी उप–महानगरपालिकाका तीन जना संक्रमितको मृत्यु भएको छ भने थप एक जना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ। 
 

कमेन्ट लोड गर्नुस