सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना संक्रमितको संख्या ७ सय पुग्यो

२०७७ असोज १५, ०६:४९ खबर संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या सात सय पुगेको छ। धनगढीमा बुधवार एकैदिन थप ९० जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या सात सय पुगेको उप–महानगरपालिकाले जनाएको छ।

उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले दुई सय २९ महिला र चार सय ७१ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए। 

उनीहरु मध्ये एक सय ७४ महिला र तीन सय ३० पुरुष गरी पाँच सय चार जनाले कोरोना जितेका छन्। ५२ महिला र एक सय ४१ पुरुष गरी एक सय ९३ जना सक्रिय संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।

उनीहरु मध्ये ११ महिला र एक सय २१ पुरुष गरी एक सय ३२ जना संक्रमित आफ्नै घरमा छन् भने १६ महिला र २० पुरुष गरी ३६ जना अस्पताल र आईसोलेसन केन्द्रमा रहेका छन्। वडा नम्वर १, ४ र ५ का एक÷एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस