सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनता समाजवादी युवा संघ गौरीगंगाको संयोजकमा साउँद

२०७७ असोज १४, ०६:४४ खबर संवाददाता

धनगढीः जनता समाजवादी पार्टीको युवा संगठन युवा संघ गौरीगंगाको संयोजकमा हेमन्त साउँद चयन भएका छन्। बुधबार पूर्व संविधानसभा सभा सदस्य कृष्ण कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रथम भेलाले हेमन्त साउदको संयोजकत्वमा ३१ सदस्यीय नगर समिति गठन गरेको हो। 

समितिको सह–संयोजकमा भरत विक चयन भएका छन्। सदस्यहरुमा करन भुल, लक्ष्मण खड्का, राकेश विक, दिपक विक, धनबहादुर थापा, सुरेश साउँद, शिवशंकर चौधरी, महेन्द्र रावल, विजय चौधरी, हिक्मत साउँद, दिपेश चौधरी, प्रमे विष्ट, श्रीराम चौधरी, दानबहादुर वली छन्। यस्तै चुडामणी आर्चाय, बलबहादुर मन्नी, रामसुन्दर चौधरी,  ललित साउँद, मिथुन कुवर, धनबहादुर साउँद र कुलेन्द्र परियार चयन भएका छन्।  

युवाहरुले गौरीगंगा नगरपालिका क्षेत्रमा पर्ने मसुरियादेखि वनबेहडासम्म मोटरसाइकल ¥याली समेत आयोजना गरेका थिए।

दिनेश विकको सभापतित्वमा भएको युुवा भेलालाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कृष्णकुमार चौधरी, केन्द्रीय सदस्यहरु राजेन्द्र देवकोटा, खड्क सावद, प्रकाश नेपाली, भक्त विक, जातिय उत्पिडन मञ्चका डिवि सुनार, महिला नेत्री अमृता नेपाली, युवासंघका केन्द्रीय उपाध्यक्ष राज थापा लगाएतले सम्बोधन गरेका थिए। 

 

कमेन्ट लोड गर्नुस