सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योगपति दान पालीको पुण्यतिथीमा आमाको माया छात्राबासलाई खाद्यान्न सहयोग

२०७७ असोज १४, ०६:३२ खबर संवाददाता

धनगढी: एमबिएल स्टिल एण्ड आल्मोनियम उद्योग धनगढीका संचालक एवं दानपाली ग्रुपका प्रबन्ध निर्देशक विष्णु दानपालीको ४५औं पुण्यतिथीमा आमाको माया छात्राबासलाई सहयोग गरिएको छ। 

पुण्यतिथीको अवसरमा छात्राबासलाई १५ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको हो। जसमा ५० किलो चामल, ५ लिटर तेल, ५ किलो दाल, ५ किलो चिनी, आधा किलो चियापत्ती लगायतका सामग्री रहेका छन्। 

उक्त खाद्यान्न सामाग्री दानपाली ग्रुपकी संरक्षक एंव स्वर्गिय विष्णु दानपालीकी धर्मपत्नी ईन्द्रा दानपालीले छात्राबासका प्रमुख माधव थापामगरलाई हस्तान्तरण गरेक थिइन। 

उद्योगपति दानपालीको २०७७ भाद्र २ गते धनगढीस्थित आफ्नै निवासमा निधन भएको थियो।
 

कमेन्ट लोड गर्नुस