सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरीकामा रहेका युवाद्धारा आमाको माया छात्रबासलाई सहयोग

२०७७ असोज ११, ०९:२३ खबर संवाददाता

धनगढी- धनगढी उप–महानगरपालिका वडा नम्बर ५ तारानगरमा रहेको जनजाति कल्याण आश्रम नेपाल, आमाको माया छात्रबासलाई खाद्यान्न तथा स्टेसनरी सहयोग गरेको छ।

अमेरीकामा रहेका गोदावरी नगरपालिका वडा नम्मर २ का प्रेम नुवाकोटीले जन्म दिनमा छात्रबासलाई सहयोग गरेका हुन्। अनाथ तथा असहाय बालकलाई आश्रय दिदै आएको छात्रबासमा उनल चामल एक क्वीन्टल, दाल १० किलो, तेल पाँच लिटर, नुन पाँच पोका, लुगाधुने साबुन १० वटा, नुहाउने साबुन १२ वटा, मिक्स मसला एक किलो, हल्दि एक किलो, डट्पेन तीन दर्जन र कपि तीन दर्जन सहयोग गरेका पत्रकार गगन अयडीले बताए।

उनले १३ हजार बराबरको खाद्य तथा स्टेस्नरी सामान आमाको माया छात्रबासकी उपाअध्यक्ष शारदा शाहीलाई हस्तान्तरण गरीएको बताए।

कमेन्ट लोड गर्नुस