सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा एकैदिन २१ जना संक्रमित भेटिए

२०७७ असोज ११, ०४:३७ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर नगरपालिकामा एकैदिन २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ७ महिला र १४ पुरुष गरी २१ जनामा कोरोना पुष्टि भएको हो।

टीकापुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले संक्रमित सबै भारतबाट फर्किएका व्यक्ति रहेको बताए।

उनका अनुसार वडा नम्बर ७ का चार महिला र ७ पुरुष गरी ११ जना, वडा नम्बर ८ का दुई महिला र तीन पुरुष गरी पाँच जना, वडा नम्बर १ का चार पुरुष र वडा नम्बर ६ का एक महिलामा कोरोना पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका मध्ये दुईजना संस्थागत क्वारेन्टिनमा बसिरहेको भएपनि अन्य होम क्वारेन्टिनमा रहेको नगरपालिकाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस