सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुशान्तले भ्यानेटी भ्यानमा ड्रग्स लिएका थिएः श्रद्धा कपुर

२०७७ असोज १०, ०६:०१ खबर संवाददाता

नायिका श्रद्धा कपुर शनिबार एनसीबीमामु चलचित्रको छायांकनका क्रममा सुशान्त राजपुतले आफ्नो भ्यानेटी भ्यानमा ड्रग्स सेवन गरेको बयान दिएकी छिन्।

उनलाई एनसीबीका ६ जना सदस्यले विभिन्न प्रश्न सोधेका थिए। आफ्नो बयानका क्रममा श्रद्धाले आफुले ड्रग्स लिएको कुरालाई अस्विकार गरेकी छिन्।

चलचित्र ‘छिछोरे’को सफलता पार्टीमा आफू सहभागी भएको तर, पार्टीमा आफूले अल्कोहल मात्रै पिएकोबयान दिएकी छिन्। 

चलचित्र ‘छिछोरे’मा श्रद्धाले नायक सुशान्त सिंह राजपुतसँग काम गरेकी थिइन्। सुशान्तको गेष्ट हाउस पवानामा भएको पार्टीमा श्रद्धा सहभागी भएकी थिइन्।

एनसीबीले श्रद्धासँगै आज नायिका दीपिका पादुकोण, साराअली खानको पनि बयान लिएको छ।
 

कमेन्ट लोड गर्नुस