सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

प्रतिकात्मक तस्बिर
प्रतिकात्मक तस्बिर
२०७७ असोज १०, ११:४१ खबर संवाददाता

धनगढीः कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ।

गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा बेल्डाडीकै १९ वर्षीय प्रकाश विष्ट र ३२ वर्षीय नरेन्द्र विष्टलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जानकारी दिए।

उनका अनुसार दुवै जनालाई बेल्डाडी क्षेत्रबाटै पक्राउ गरिएको हो। यसअघि सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा बेल्डाडीकै २२ वर्षीय युवक सुरज साउँद सहितका तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

उक्त घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै ईलाका प्रहरी कार्यालय बेल्डाडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई समेत प्रहरीले कारवाहीको दायरामा ल्याईएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस