सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंको मुखमै मुगलान जाँदै सुदूरपश्चिमवासी

२०७७ असोज ७, ०१:०७ रोशन भट्ट

धनगढी– विगतका वर्षहरुमा असोज लागेपछि पश्चिमी सिमा नाका गौरीफन्टा र गड्डाचौकी भएर स्वदेश फर्किनेको लर्को हुन्थ्यो। बर्षभरी मुगलानमा पसिना बगाएका नेपालीहरु दशगजामा पुग्दा दंग हुन्थे। तर अहिले ति सुदूरपश्चिमका अनुहार र पश्चिमी सिमा नाकाको दृश्य फेरिएको छ। अहिले स्वदेश फर्किनको संख्या भन्दा रोजगारीका लागि भारत जाने नेपालीको संख्या तीन गुणा बढि छ।

कोरोना भाईरसको प्रभावले छाक टार्न मुस्किल भएपछि भारत जान लागेको बझाङका स्थानीय प्रयाग कोईरालाले बताए। ‘स्वादेशमै बसेपनि रोजगारी पाईने होईन,’ उनले भने, ‘पेट पाल्नकै लागि भए पनि जानु पर्ने भारत नै हो।’ कोरोनाकै प्रभावका बिच गत असारमा घर फर्किएका उनी मंगलवार मात्रै त्रिनगर–गौरीफन्टा नाका भएर भारत पसेका हुन्।

अहिले कहिल्यै भारत नगएका सुदूरपश्चिमवासी पनि रोजगारीका लागि भारत जान बध्य भएका छन्। नेपालीको महाड चाड दशैं आउन एक महिना मात्र बाँकी रहेका बेला रोजगारीकै लागि भारत जान लागेको मंगलवार विहान गौरीफन्टामा भेटिएका हरिश मल्लले बताए।

‘दशैं नजिकै आउदै गरेको भएपनि दैनिकी चलाउनै मुस्कील हुन लागेपछि भारत गईरहेको छु,’ उनले भने, ‘स्थानीय र प्रदेश सरकारले रोजगारीको वातावरण बनाउँला भन्ने विश्वास छैन्।’ असोज सुरु भएपछि मात्र गौरीफन्टा नाका भएर झण्डै ६ हजार प्रदेशवासी भारत परेका छन्।

ससस्त्र प्रहरीको तथ्यङ्क अनुसार असोज १ गते ५ सय बढि, २ गते नौँ सय ६४ जना, ३ गते ९ सय ४६ जना, ४ गते एक हजार ३६ जना, ५ गते एक हजार २ सय ८७ जना र ६ गते एक हजार ६ सय नौँ जना सुदूरपश्चिममेलीहरु भारत पसेका छन्। यस्तै बुधवारपनि गौरीफन्टा नाका भएर भारत जानका लागि सयौं प्रदेशवासी विहानैदेखि लाईनमा बसेका थिए।

गत चैत देखि सुरु भएको कोरोना भाईरसको प्रभावका कारण लाखौं सुदूरपश्चिमबासी स्वदेश फर्किएका थिए। कतिपय कोरोनाको त्रासले फर्किएका थिए भने कतिपय रोजगारी गुमेपछि घर आएका थिए। झण्डै चार/पाँच महिनाको स्वदेश बसाईपछि घरखर्च चलाउन समेत नसकिने भएपछि फेरी पनि भारत जानु परेको गुनासो उनीहरुको छ।

न उनीहरुलाई सरकारको स्वरोजगारको कार्यक्रमले रोक्न सकेको छ न भारतमा बढि रहेको कोरोना भाईरसको त्रासले रोकेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस