सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा २० वर्षीया युवती मृत फेला

फाइल फोटो
फाइल फोटो
२०७७ असोज ६, ०६:३९ खबर संवाददाता

नरेश बोगटी, डोटी: डोटीमा २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको केआई सिंह गाउँपालिका वडा नम्बर ६ की २० वर्षीय बासु बलायर मृत फेला परेकी हुन्। 

सोही गाउँपालिकाकै वडा नम्बर ५ रानागाउँमा पर्ने मामाघरबाट धान काट्नका लागि आफ्नो घर हिडेकी बलायर मृत फेला परेको स्थानीय रोहित राणाले बताए। मंगलबार बिहान ११ बजेतिर गाउँपालिकाको वडा नम्बर ५ र ६ को बिचमा पर्ने लेखनढुङ्गामा सल्लाको रुखमा झुन्डिएको अवस्थामा बासुको शव फेला परेको रोहितले बताए। 

शव भुन्डिइएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। 

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस