सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमानले ननुहाएको भन्दै श्रीमतीले मागिन डिभोर्स !

२०७७ असोज ३, ०६:५८ खबर संवाददाता

एक महिलाले श्रीमानले ननुहाउने गरेका कारण सम्बन्धविच्छेद मागेकी छन्। यो घटना हो भारतको विहारस्थित वैशाली जिल्लाको।

२३ वर्षीय मनिष राम हरेक दिन ब्रश नगर्ने तथा ननुहाउने गरेकै कारण उनकी २० वर्षीया श्रीमती सोनी रामले सम्बन्धविच्छेद मागेकी हुन्। उनले विहारको महिला आयोगमा उजुरी समेत गरेकमी छन्। 

आयोगले मनिष रामलाई आफ्नो बानी सुधार्नका लागि दुई महिनाको समय दिएको छ। दुई महिनासम्म पनि मनिषले बानी नसुधारे आयोगले उनीविरुद्ध उचित कारबाही गर्ने चेतावनी दिएको छ।

मनीष पलम्बरको काम गर्छन्। ननुहाएकाले पतिको शरीरबाट गन्ध आउने गरेको आरोप लगाउँदै उनले उजुरी दर्ता गरेकी थिइन्। मनिषसँग सन् २०१७ उनीहरुको विवाह थियो।

कमेन्ट लोड गर्नुस