सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रगतिशील लेखक संघद्वारा कविता वाचन कार्यक्रम सम्पन्न

२०७७ असोज ३, ०६:४० खबर संवाददाता

धनगढी: प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश कमिटीले कविता साहित्यको कार्यक्रम सम्पन्न गरको छ। ‘नेपाली कविता, विमर्श तथा वाचन’ शिर्षकमा सञ्चालित कार्यक्रममा कविताका बारेमा विचार विमर्श गरिनुका साथै कविता वाचन गरिएको थियो।

दुई सत्रमा चलेको कार्यक्रम अन्तर्गत पहिलो सत्रमा सुदूरपश्चिमका पन्ध्र कविका कविता वाचन र नेपाली कविताको विशेष विमर्श गरिएको थियो। जसमा सुदूरपश्चिमका सबै जिल्लाका प्रतिनिधि कविहरु जगदिश ओझा, युगीन विवेक, कविराज भट्ट, लछिराम आचार्य, रमेश पन्त मीतबन्धु, गंगा प्रसाद रिजाल, रियल एनालाइसिस, झलक पाली, पदम बडाल, चन्द्रकला पन्त, योगराज आचार्य, बाबुराम आचार्य, मीन बाब्ली मिलन, खनाल मेघनाथ र लक्ष्मी पौडेलले कविता वाचन गरेका थिए। 

कार्यक्रमको दोस्रो सत्रमा केही सर्जकहरुले विभिन्न सिर्जन वाचन गर्नुका साथै आमन्त्रित अतिथिहरुले विचार मन्तव्य राखेका थिए। 

अनलाइन जुममार्फत सञ्चालित कार्यक्रममा विभिन्न क्षेत्रका ६६ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो। आगामी दिनमा अझै आकर्षक र प्रभावकारी कार्यक्रमको आयोजना गर्ने योजना पनि संस्थाले बनाएको अध्यक्ष जनक रसिकले बताए। 

कमेन्ट लोड गर्नुस