सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप

२०७७ असोज २, ०६:११

नयाँ दिल्ली: भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन्। उनले भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्यकर्मीहरुको तथ्यांक नराखेको र बेवास्ता गरेको बताएका हुन।

काँग्रेस नेता गान्धी भारतको वर्तमान सरकारको आलोचना गरिरहेका छन्। पछिल्लो समयमा उनले कोभिडको उपचारमा खटिँदा सङ्क्रमित भएका स्वास्थ्यकर्मीकै तथ्यांक नराखेको भन्दै सरकारको विरोध गरेका हुन।

उनले शुक्रबार आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्– 'भारतको केन्द्रीय सरकारले जवाफ देओस कि किन भारतमा कोभिडका योद्धाहरु यसरी अपमानित भएका छन् ?' किन उनीहरुलाई यसरी बारम्बार बेवास्ता गर्ने गरिन्छ ?' उनले प्रश्न गरेका छन्। 

बिहीबार मात्र भारतको सरकारले कोभिडका विरुद्धमा उपचारमा संलगन भएका अथवा नभएका गरी स्वास्थ्यकर्मीको यकिन तथ्यांक सरकारसँग नरहेको जानकारी गराएको थियो। केन्द्र सरकारको सो भनाईको बिहीबार पनि काँग्रेसले कडा विरोध गरेको थियो। आज पुनः नेता गान्धीले ट्वीट गरेर विरोध गरेका हुन।

बिहीबार मात्र पनि भारतीय काँग्रेसका नेताहरुले पछिल्लो समयमा कोभिड १९ का कारणले भारतमा बेरोजगारी दर निकै बढेको भन्दै रोजगारीका अवसरहरु तयार पार्न सरकारसँग कुनै योजना नभएको भन्दै विरोध गरेका थिए। -एएनआई

कमेन्ट लोड गर्नुस