सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा एकैदिन २०२० जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ६१५९३ पुग्यो

२०७७ असोज २, ०४:२८ खबर संवाददाता

धनगढी : नेपालमा अहिले सम्मकै धेरै २०२० नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको  ११ हजार ४ सय ५८  जनाको नमुना परिक्षणमा २०२० जनालाई संक्रमण देखिएको जानकारी दिए।

यो सँगै कूल संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ। २४ घण्टामा ८७१ जना डिस्चार्ज भएका छन्।  

देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ४३ हजार ८ सय २० जना पुगेको छ।
 

कमेन्ट लोड गर्नुस