सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी प्रयोगशालामा भएको परीक्षणमा थप ३४ जनामा कोरोना पुष्टि

२०७७ असोज १, ०२:३४ खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। १७६ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले २९ पुरुष र ५ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। 

उनका अनुसार अछामको साफेबगरका १७ जना, डोटीको शिखर नगरपालिकाका ८ जना, डोटीकै दिपायल सिलगढी नगरपालिकाका ५ जना र डोटीकै केआइसिँह गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो।
 

कमेन्ट लोड गर्नुस