सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटो रिक्साको ठक्करबाट एक जना घाईते

२०७७ भदौ ३१, ११:३८ खबर संवाददाता

धनगढी– धनगढीमा अटो रिक्साको ठक्करबाट एक जना घाईते भएका छन्। धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत उप–महानगरपालिकाको सहिद गेट नजिक अटो रिक्साले ठक्कर दिदा पैदल यात्री घाईते भएका हुन्।

प्रहरीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरवेहडीका ५२ बर्षीय कुनकुराम चौधरी घाईते भएका हुन्।

उनको अहिले माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने ठक्कर दिने अटो रिक्सा र चालक फरार छन्। घाईते चौधरी अपाङगता भएका व्यक्ति हुन्। 
 

कमेन्ट लोड गर्नुस