सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्थापना गरिएको आरक्षण केन्द्रमा अजिंगर राखियो

२०७७ भदौ २९, ०४:२० खबर संवाददाता

धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्वर ४ स्थित शिवपुरी सामुदायीक बनमा स्थापना गरिएको घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्रमा सोमबार अजिंगर राखिएको छ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, सव डिभिजन कार्यालय धनगढीका प्रमुख रामअवतार चौधरी, शिवपुरी सामुदायीक बनका अध्यक्ष बुद्धी खड्का लगायतको उपस्थितीमा अजिंगर राखिएको हो।

यसअघि  एक वटा रतुवा र एक चित्तललाई राखिएको थियो। धनगढीमा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले बन्यजन्तु आरक्षण केन्द्र स्थापना गरिएको नगरप्रमुख वडले बताए।

घाईते तथा टुहुरा बन्यजन्तुको आरक्षण केन्द्रमा उपचार गर्ने, संरक्षण गर्ने काम पनि गरिने छ भने बन्यजन्तु हेर्न आउनेहरुका लागि पनि खुला गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस