धनगढीमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि
धनगढी: धनगढीमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिहका अनुसार सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत २४ जना र प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चार जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या एक सय १३ पुगेको छ। उनीहरु मध्ये ७९ जना उपचाररत छन् भने ३४ जना प्रहरी संक्रमणमुक्त भईसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।