दिपायलको एक पसलमा आगलागी
धनगढी: डोटीको दिपायल सिलगढी नगरपालिकास्थित पिपल्ला बजारमा रहेको एक पसलमा आगलागी भएको छ। आइतबार दिउँसो बजारमा रहेको चाँद ट्रेडर्समा आगलागी भएको घटनास्थलमै रहेका होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष दिपकबहादुर खड्काले बताए।
सशस्त्र प्रहरी र नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब आधा घण्टामा आगो नियन्त्रणमा लिइएको उनले बताए। सिरकडसनाको पसलमा भएको आगलागीबाट लाखौंको क्षति भएको अध्यक्ष खड्काले जानकारी दिए।