दिनेश सञ्चार गृहमा आक्रमण गर्नेलाई कारवाही गर्न उद्योग वाणिज्य संघ कैलालीको माग
धनगढीः उद्योग वाणिज्य संघ कैलालीले दिनेश सञ्चार गृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेको छ।
दिनेश खबरमा समाचार प्रकाशित भएकै विषयलाई लिएर आक्रमण र कुटपिट गरेको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै संलग्न व्यक्तिहरुको पहिचान गरी कारवाही गर्न माग गरिएको हो।
उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवरले प्रेस विज्ञप्ती जारी गर्दै दिनेश सञ्चार गृहमा आक्रमण गर्ने व्यक्ति तथा समूहको पहिचान गरी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ।
‘दिनेश सञ्चार गृहमा आक्रमण गर्ने व्यक्ति तथा समूहललाई तत्काल पहिचान गरी कारवाहीका लागि कानूनी दायरामा ल्याईयोस्।’जारी विज्ञप्तीमा भनिएको छ, ‘कुनै न कुनै स्रोत मार्फत सम्प्रेषण, प्रशारण गर्ने जिम्मेवार क्षेत्रप्रती हातपात हुनुले आम नागरिकको सुरक्षामा गम्भीर चुनौती देखिएको छ। कानूनी राज्यमा कानूनको पालन हामी सबैले गर्नुपर्छ।’
भदौ २६ गते दिउँसो दिनेश संञ्चार गृहको कार्यालयमा पुगेका १५–२० जनाको समुहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए।
यस्तै व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्व्यवहार भएको थियो।