डोटीका थप ६ जनामा कोरोना पुष्टि
२०७७ भदौ २६, ०२:२८
धनगढीः जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ। ८६ जनाको कोरोना परीक्षण भएकोमा ४ पुरुष र एक महिला गरी ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जम्मै संक्रमित डोटीको बोगटान फुडसिल गाउँपालिकाका रहेको जानकारी दिए।
कमेन्ट लोड गर्नुस