डोटीको बोगटानद्वारा सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग
डोटी: डोटीको बोगटान फुडसिल गाउँपालिकाले सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को बेला अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र पत्रकारलाई गाउँपालिकाले मास्क र सेनिटाईजर प्रदान गरेको हो।
गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले नेपाल प्रहरीलाई एक हजार थान मास्क, १० बोतल सेनिटाइजर, शशस्त्र प्रहरी बल ३६ नम्बर गण जोगीडाब्रेलाई एक हजार थान मास्क र १० बोतल सेनिटाइजर, प्रेस संगठन डोटीलाई ५०० थान मास्क र जिल्ला प्रशासन कार्यालय डोटीलाई ३०० थान मास्क र सेनिटाईजर हस्तान्तरण गरेका हुन।
संकटको समयमा काम गर्ने सुरक्षाकर्मी र पत्रकारको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सामग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष गड्सिलाले बताए। शसस्त्र प्रहरी बललाई पहिलोपटक यसरी बाहिरबाट सहयोग प्राप्त भएको शशस्त्र प्रहरीबल जोगीडाब्रेले जनाएको छ।