सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रमिक शिक्षकबारे नबोलेको भन्दै भीमदत्त नगरको शिक्षा शाखामा तालाबन्दी

२०७७ भदौ २५, ०५:५२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ। भीमदत्त नगरपालिका क्षेत्रका निजी विद्यालयका शिक्षकले आफुहरुका पीडा नगर शिक्षा शाखाले नबुझेकाले भचन्दै तालबन्दी गरेका हुन। 

पारिश्रमिक जस्तो विषयमा शिक्षा शाखा गम्भिर नभएकाले बाध्य भएर तालाबन्दी गरिएको कञ्चनपुरका निजी विद्यालय शिक्षकका अगुवा माधव प्रशाद पन्तले बताए। कोरोना कहरका बेला समेत सरकारी निकायबाट आफुहरु उपेक्षित भएकाले बाध्य भएर तालाबन्दी गरिएको उनले बताए। 

नगर शिक्षा शाखा बोडिङ्गका मालिकका पक्षमा वकालत गर्ने तर, श्रमिक शिक्षकको विषयमा गम्भिर नभएको भन्दै बाध्यत भएर तालाबन्दी गरिएको निजी शिक्षकले गुनासो गरेका छन्।

कमेन्ट लोड गर्नुस