डोटीमा अवैध रुपमा मदिरा ओसार्ने जीप प्रहरी नियन्त्रणमा
२०७७ भदौ २४, ०३:२५
डोटी: डोटी प्रहरीले अवैध रुपमा मदिरा ओसार्ने जीपलाई नियन्त्रणमा लिएको छ। निषेधाज्ञाको समयमा लुकीछिपी रक्सी ओसार्दै गरेको अवस्थामा प्रहरीले बुधबार जीप नियन्त्रणमा लिएको हो।
प्रहरीले दिपायल पिपल्लामा रहेको देउवा ट्रेडर्स एण्ड सप्लायर्सको से१च १९२४ नम्बरको जीप ३५ पेटी लिची नामक रक्सीसहित नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस