सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ कैलाली फारवेस्टद्धारा रक्तदान, ३० पिन्ट रगत संकलन

२०७७ भदौ २१, ११:०० खबर संवाददाता

धनगढीः लायन्स क्लब अफ कैलाली फारवेस्टले धनगढीमा रक्तादान कार्यक्रम सम्पन्न गरेको छ।

मासिक कार्यक्रम अन्तरगत स्वास्थ्य संस्थाहरुमा भईरहेको रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको लायन्स क्लब अफ कैलाली फारवेस्टका सचिव विवेक शर्माले जानकारी दिए।

शर्माले रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको बताए। लायन्स क्लब अफ कैलालीका अध्यक्ष गगनराज केसीको अध्यक्षतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस