आईकार भी २३ मा सीमित–स्टक अफर, पुरानै मूल्यमा खरिद गर्दा ३ लाख रुपैयाँसम्म बचत
धनगढी: नेपालका लागि आईकार भी२३ विद्युतीय एसयूभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ग्राहकहरूका लागि विशेष सीमित–स्टक अफर सार्वजनिक गरेको छ। कम्पनीले यस अफरअन्तर्गत आईकार भी२३ लाई प्रि–बजेट मूल्य ५० लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने जनाएको छ।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटपछि कर तथा राजस्व संरचनामा गरिएको संशोधनका कारण आईकार भी२३ को आधिकारिक बिक्री मूल्य ५३ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। तर ग्राहकहरूको उच्च रुचि र विश्वासप्रति सम्मान व्यक्त गर्दै कम्पनीले सीमित स्टकका लागि पुरानै मूल्यमा गाडी उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
कम्पनीका अनुसार यस अफरबाट ग्राहकहरूले प्रत्यक्ष रूपमा ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन्। सीमित स्टक समाप्त भएपछि भने नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित मूल्य ५३ लाख ९९ हजार रुपैयाँअनुसार हुनेछन्।
आईकार भी२३ नेपाली बजारमा लोकप्रिय लाइफस्टाइल इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित हुँदै गएको छ। रेट्रो शैलीबाट प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ किलोवाट–आवर क्षमताको ब्याट्री, सीएलटीसी मापदण्डअनुसार ४०१ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज तथा २१० एमएम ग्राउण्ड क्लियरेन्स यसका प्रमुख विशेषता हुन्।
आकर्षक डिजाइन, आधुनिक फिचर र उत्कृष्ट प्रदर्शनका कारण आईकार भी२३ नेपाली ईभी पारखीहरूको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ। कम्पनीले यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकहरूलाई देशभर रहेका नजिकका आईकार शोरुम तथा आधिकारिक डिलरशिपमा समयमै सम्पर्क गर्न आग्रह गरेको छ।