डोटी परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि
२०७७ भदौ २०, ०२:१०
धनगढी–जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका दुई जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित दुबै जना पुरुष हुन् भने उनीहरुको डोटीको सायल गाउँपालिका वडा नम्वर ६ का हुन्।
कमेन्ट लोड गर्नुस