सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा समन्वय र निगरानी गर्न स्वास्थ्य मन्त्रालयले खटायो छुट्टै टोली

२०७७ भदौ १९, ११:२८ जनक विष्ट

धनगढीः संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा कोरोना परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङका लागि समन्वय गर्न छुट्टै टोली खटाएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाईरसको परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ, रोकथाम र नियन्त्रणका काममा समन्वय, सहजीकरण एवंम् निगरानी गर्न छुट्टै टोली परिचालन गरिएको जनाएको छ।

मन्त्रालयले परिवार कल्याण महाशाखाका प्रमुख भीमसिह तिङ्करीको संयोजकत्वमा तीन सदस्यीय समन्वय टोली खटाईएको हो। टोली प्रमुख तिङ्करीले प्रदेश र स्थानीय तहहरुले कोरोना भाईरसको परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ लगायतका काम सरकारी मापदण्ड अनुसार गरिरहेका छन् की छैनन्? भन्ने कुराको निगरानी गर्ने जिम्मेवारी दिईएको बताए।

उनले स्थानीय स्तरमा रहेका समस्याहरुको पहिचान गरी व्यवस्थापनका लागि सुझाव समेत दिने बताउँदै प्रदेश र स्थानीय सरकारले गरिरहेका कामको निगरानी जानकारी दिए। उक्त टोलीले अहिले काठमाडौँबाटै आवश्यक समन्वय र सहजीकरणको काम गरिरहेको छ।

तर स्थलगत निरीक्षणको आवश्यकता परेका बाहेक तत्काल सुदूरपश्चिम नआउने भएतापनि प्रदेश सरकार, ३३ वटा नगरपालिका र ५४ गाउँपालिकालाई निगरानी गरिरहेको तिङ्करीले बताए। यता सुदूरपश्चिम प्रदेश सरकारले भने स्थानीय तहसँगको समन्वयमा प्रदेशमा कोरोना परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङलाई बढाईएको दावी गर्दै आएको छ।

तर कोरोना आशंकामा अस्पताल पुगेर आफै नमूना दिनेहरुले गलत विवरण टिपाउँदा कन्ट्रयाक्ट ट्रेसिङको काम केही झन्जटीलो भईरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

उनले संक्रमित व्यक्तिले साँचो विवरण नटिपाउँदा कन्ट्रयाक्ट ट्रेसिङमा झन्जट व्यहोर्नु परेको सुनाए।  सुदूरपश्चिममा कोरोना भाईरसको संक्रमण पुष्टि भएयता ६३ हजारको परीक्षण भईसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

उनीहरु मध्ये बीहिबार सम्म १० प्रतिशतमा संक्रमण पुष्टि भएको छ। तर प्रदेश सरकारले थप एक लाख प्रदेशबासीको कोरोना परीक्षण गर्ने गरी आवश्यक तयारी थालेको छ।

तर प्रदेशमा संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम प्रभावकारी नभएको गुनासो बढ्दो छ भने सामुदायिक संक्रमण देखिएकाले समुदाय स्तरमा परीक्षण गर्नुपर्ने माग गरिएको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस