सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा विद्युतको नाङ्गो तारले जोखिम बढ्यो

२०७७ भदौ १८, ०३:३२

नरेश बोगटी, डोटी : डोटीमा विद्युतको नाङ्गो तारले दुर्घटनाको जोखिम बढाएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर ३ आलीमा विद्युतका तारको उचित व्यवस्थापन नहँुदा दुर्घटनाको जोखिम बढेको छ।

विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको लापरवाहीका कारण नगरपालिकाको वडा नम्बर ३ मा पर्ने आली अतुराली, खुडखुडा र सुर्खाल लगायतका स्थानमा जोखिम बढेको स्थानीय तेज बहादुर बोगटीले बताए।

‘अधिकांश स्थानमा विद्युतका तारले रुखलाई छोएको छ’, उनले भने, ‘११ वर्ष अगाडी नै रुखको खम्बालाई पोल बनाईएको भएपनि अहिले सम्म परिवार्तत गरिएको छैन्।’

नगरपालिकाकै २ मुडेगाउँदेखि वडा नम्बर ४ मा पर्ने सुर्खाल गाउँसम्म जोडिएको विद्युत लाइनमा समस्या देखिएको छ। योसँगै विद्युत अनियमित हुने, ट्रान्सफर्मर सट हुने, बत्ती डिम जल्ने लगायतका समस्या पनि उक्त क्षेत्रका स्थानीय भोग्दै आएका छन्।

रुखको खम्बालाई नै पोल बनाएको वषौँ हँुदा पनि सरोकारवाला निकाय वेवास्ता गरेको गुनासो स्थानीयको छ। यता नेपाल विद्युत प्राधिकरण दिपायलले भने उक्त स्थानमा पोल पुनःस्थापना गर्नका लागि केही समय लाग्ने जनाएको छ।

कमेन्ट लोड गर्नुस