सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कानुन व्यवसायीलाई देखियो कोरोना

२०७७ भदौ १५, ०७:१८ खबर संवाददाता

धनगढी : धनगढीमा कानुन व्यवसायीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ निवासी ५३ बर्षीय कानुन व्यवसायीलाई संक्रमण पुष्टि भएको हो।

उनले कोरोनाको अन्य कुनै लक्षण नदेखिए पनि रुघाखोकी लागेकोले परीक्षण गराएको र आज रिपोर्ट पोजेटिभ आएको जानकारी दिए। संक्रमण पुष्टि भएपछि घरमै सुरक्षित रुपमा बसिरहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस