सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकाको विवाद सधैको लागि अन्त्य गर्न साझा पार्टीको आग्रह

२०७७ भदौ १५, ०६:५०

धनगढी: साझा पार्टी सुदूरपश्चिम प्रदेशले गौरीफन्टामा भइरहेको विवाद साम्य पार्न आग्रह गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै साझा पार्टीका प्रदेश संयोजक गोपाल हमालले डोकेबजार नजिक रहेको नेपाल–भारत सीमा स्तम्भ (जंगे पिलर) देखि पूर्वको भु–भागलाई कैलालीमा पर्नेगरी व्यवस्था गरेर बिवाद सधैका लागि अन्त्य गर्न आग्रह गरेका हुन्। 

कञ्चनपुरको सुरक्षाका लागि गौरीफन्टा नाकाबाट कञ्चनपुरतर्फ जाने यात्रु र सवारी साधन चेकजाँच गर्न डोकेबजारमा पोष्ट राख्न सकिने सुझाव समेत पार्टीले दिएको छ।  तर सुदूरपश्चिमको आर्थिक, सामाजिक क्षेत्रमा गम्भिर असर पर्ने गरी मिनेटमिनेटको दूरीमा प्रहरी राखेर चेकजाँचका नाममा यात्रु, पर्यटक र व्यवसायीलाई सास्ती दिदा कञ्चनपुर र कैलालीका जनताबिच रहेको सम्बन्ध समेत बिग्रिन सक्ने भएकाले सबैलाई समस्या समाधानमा उन्मुख हुन समेत पार्टीले आग्रह गरेको छ।

समस्या समाधानका लागि सम्पूर्ण राजनीतिक दल, प्रदेश सरकार र जनप्रतिनिधिलाई एकजुट हुन पार्टीले विज्ञप्ती मार्फत आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस