सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सोमवार थपिए १३ जना कोरोना संक्रमित, कुन वडाका कति ?

२०७७ भदौ १५, ०५:०२ खबर संवाददाता

धनगढी : धनगढीमा सोमवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा उप–महानगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले सबैभन्दा बढि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार महिला र पाँच पुरुष गरी नौँ जना, वडा नम्वर ३ का नौँ महिनाकी शिशु र २५ बर्षीय युवक र वडा नम्वर १ का दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

योसंगै धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या दुई सय ४३ पुगेको छ। 

कमेन्ट लोड गर्नुस