दारी ग्याङ धनगढीले सुरु गर्यो घरदैलो रक्तदान कार्यक्रम
धनगढी: दारी ग्याङ धनगढीले सोमबारदेखि घरदैलो रक्तदान कार्यक्रम सुरु गरेको छ। निषेधाज्ञाका बेला रगत अभाव हुने समस्या आएपछि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको ग्याङले रक्तसञ्चार केन्द्रको सहयोगमा घरदैलो कार्यक्रमको सुरुवात गरेको हो।
कार्यक्रम अन्तरत दारी ग्याङले पहिलो दिन क्याम्पस रोड शिक्षानगर टोलबाट ११ पिन्ट रगत संकलन गरेको छ। यसैगरी धनगढीका विभिन्न स्थानमा एक सातासम्म रगत संकलन गर्ने दारी ग्याङ धनगढी संयोजक दिनेश बोहराले बताए।
कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षाका विधि अपनाएर रगत संकलन गरिरहेको उनले बताए।